सुधिर, स्मारिका र समारिकाको भिडियोलाई भ्यूजको चर्को खडेरी

२८ चैत २०७८ ५:४३

टिकटकबाट उदाएका सुधिर श्रेष्ठ, स्मारिका र समारिका ढकालको गीतको भिडियोलाई भ्यूजको चर्को खडेरी लाग्न थालेको छ । कुनै समय यी कलाकार राख्दा गीतले भ्यूज राम्रो पाउने गरेका थिए । तर, अब यी दिनहरु बिस्तारै हराउन थालेका छन् ।

गीतकार अम्बिका गुरुङको शब्दमा तयार भएको ‘सिरिरी’ बोलको गीतमा भ्यूजको चरम खडेरी देखिएको छ । रचना रिमाल र राजन कार्कीको स्वर, राजन खतिवडाको संगीत रहेको यो गीतले सार्वजनिक भएको ३ दिनमा जम्मा १३ हजार भ्यूज पाएको छ । तीन कलाकारको अनुहार भिडियोमा विक्न छाडेको भ्यूजबाट पनि प्रष्ट हुन्छ ।

निशान घिमिरेको निर्देशन तथा सम्पादन रहेको गीतको भिडियोमा दीपक एम सिंहको कोरियोग्राफी, मुकेश हुमागाँइको छायांकन छ । भवसागर इन्टरटेन्मेन्टको च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *