‘केजीएफ २’सँग डरायो साहिदको ‘जर्सी’

२८ चैत २०७८ ५:०८

बलिउडले साउथ फिल्मको रिमेक धमाधम बनाइरहेको छ । तर, बलिउड चलचित्र हेर्ने दर्शकका लागि भने साउथका चलचित्र प्रिय बन्न थालेका छन् । बलिउड मेकर आफ्नो क्रियशनबाट पछि हट्न थालेपछि दर्शक पनि साउथ चलचित्रमा बढी विश्वास गर्न वाध्य भएका हुन् ।

साउथको रिमेक चलचित्र ‘जर्सी’ यसको एक उदाहरण हो । साहिद कपुरको मुख्य भूमिका रहेको यो चलचित्रलाई साउथको प्रतिक्षित चलचित्र ‘केजीएफ २’ले ठूलै थ्रेट दिएको छ । जसकाकारण, अप्रिल १४ बाट रिलिज गर्ने योजनाबाट ‘जर्सी’को टिम पछि सरेको छ । अब, यो चलचित्र अप्रिल २२ तारिखबाट मात्र रिलिज हुनेछ ।

हिन्दी भाषामा समेत ‘केजीएफ २’ले आक्रामक व्यापार गर्ने संकेत देखाएपछि बुकिङमा नै कमजोर देखिएको ‘जर्सी’ एक साता पछि सारिएको हो । चलचित्रको प्रचारमा समेत निर्माणपक्षले खासै ध्यान दिएको थिएन । कहिले कोरोना त कहिले साउथको चलचित्रको क्रेजले ‘जर्सी’लाई पछि धकेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *