हिन्दी चलचित्रमा मलाई काम गर्न आवश्यक छैनः महेश बाबु

२८ चैत २०७८ ४:१३

साउथका सुपरस्टार नायक महेश बाबुले आफूलाई हिन्दी अर्थात बलिउड चलचित्रमा काम गर्न आवश्यक नरहेको बयान दिएका छन् । साउथ चलचित्रका धेरै कलाकारहरु बलिउडमा पाइला राख्न हतारिएको समयमा महेश बाबुको भने यस्तो कडा प्रतिक्रिया आएको हो ।

तेलुगु सुपरस्टार महेश बाबुलाई हिन्दी चलचित्रमा काम गर्न मन छ कि छैन भनेर सोधिएको एक प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् । उनले भनेका छन्–‘मलाई हिन्दी चलचित्रमा काम गर्न आवश्यक नै छैन । म तेलुगु चलचित्रमा नै काम गर्छु, किनकी आज विश्व बजारमा यी चलचित्रहरु पुगिरहेका छन् । यसैले, मलाई विशेषगरि हिन्दी चलचित्रमा काम गर्न खासै आवश्यक छैन ।’

महेश बाबुले निर्देशक एसएस राजमौलीको नयाँ चलचित्र पनि साइन गरेका छन् । यो चलचित्रलाई लिएर आफू उत्साहित रहेको महेश बाबु बताउँछन् । तेलुगु चलचित्रका सुपरस्टार महेशबाबुको ‘सरकारु वारी पाता’ मे १२ तारिखमा रिलिज हुने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *