कमेडीयनलाई थप्पड हान्दा विल स्मिथलाई ठूलो झट्का

२८ चैत २०७८ ४:०६

हलिउडका नायक विल स्मिथलाई एक थप्पड भारी परेको छ । अस्कर अवार्ड समारोहमा कार्यक्रम संचालन गरिरहेका कमेडीयन क्रिम रकमाथि थप्पड हानेका थिए । आफ्नी श्रीमतीको मजाक बनाएको भन्दै उनले क्रिम रकलाई स्टेजमै गएर थप्पड हानेका थिए । उनले थप्पड हानेपछि यसको सामाजिक संजालमा विश्वभरबाट आलोचना भएको थियो ।

विल स्मिथलाई अस्कर अवार्ड कमेटीले १० बर्षका लागि प्रतिबन्ध लगाएको छ । शुक्रबार बसेको बोर्डको बैठकले उनलाई १० बर्षसम्म अस्करको कुनै पनि कार्यक्रममा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ । विल स्मिथले पनि अस्करको फैसलालाई आफूले स्विकार गर्ने बताएका छन् ।

अस्करका अध्यक्ष डेबिन रुबिनले कार्यक्रमको समयमा मञ्चमा गएर क्रिस रकलाई स्मिथले थप्पड हानेकाले यो निर्णय लिइएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *