आकाश श्रेष्ठः जन्मदा नै ‘सोझा’

२८ चैत २०७८ ३:५७

के नायक आकाश श्रेष्ठ सोझा छन् ? या आकाश आफूलाई सोझो रुपमा प्रस्तुत गर्छन् । आकाशको कुराले त उनी जन्मदादेखि नै सोझा हुन् रे ।

चलचित्र ‘संझना विर्सना’को गीत रिलिज कार्यक्रममा आकाशले यही प्रश्नको जवाफ दिए । तपाई पूजाको अगाडि पर्दा किन सोझो र भावूक देखिनुहुन्छ भन्ने प्रश्नमा आकाशले भने–‘अब म छु नै यस्तो त के गर्नु ? म जन्मदादेखि नै सोझो हुँ । अब, यो बानी त हटाउन सकिदैन ।’

आकाशले आफूलाई जन्मदादेखि नै सोझो भनिरहँदा के उनी सोझा नै होलान् त भन्ने प्रश्न उठाउन सकिन्छ । सोही कार्यक्रममा आकाशले मायाको परिभाषा दिने क्रममा भने–‘मायाको परिभाषा दिन थाल्ने हो भने त रात नै छर्लङ्ग हुन्छ ।’
मायाको परिभाषा रातैभरी दिन सक्ने आकाश ‘इनोसेन्ट’ नै हुन् त ? कि हामीले पत्याइदिनुपर्ने हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *