‘ए मेरो हजुर ४’को नाम नलिदा फसिन् पूजा

२८ चैत २०७८ ३:५२

आफूले बोलेको कुराबाट नै फस्ने नायिकामा पर्छिन् पूजा शर्मा । पूजा बोलेपछि विवाद र चर्चा भएको पाइन्छ । पूजाले आइतबार आयोजना भएको फिल्म ‘संझना विर्सना’को कार्यक्रममा दिएको एक अभिव्यक्तिले उनलाई तनाव दियो । पूजाले आफ्नो फिल्म ‘संझना विर्सना’को ट्रेलर वैशाख १ गतेबाट रिलिज हुने फिल्म ‘केजीएफ २’सँग हेर्न पाइन् बताइन् । ‘केजीएफ २’ हेर्दा आफ्नो चलचित्रको ट्रेलर पनि हेर्न पाइने कुराले पूजा फसिन् ।

किनकी, यो मितिमा नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ पनि रिलिज हुँदैछ । तर, पूजाले आफ्नै देशको चलचित्रको नाम लिन आवश्यक ठानिन् । पछि, यो बिषयमा प्रश्न उठेपछि पूजाले आफ्नो मुखमा ‘केजीएफ २’ आएकाले नाम लिएको बताइन् ।

पूजाले ‘ए मेरो हजुर ४’को नाम आफूले जानी जानी नलिएको बताइन् । उनले, नेपाली र विदेशी दुबै चलचित्र हेर्दा आफ्नो चलचित्रको ट्रेलर पनि हेर्न पाइने तर्क गरिन् । पूजाले कुरा त सच्चाइन्, तर आफूले बोलेको कुराले फसिन् । आखिर, बोल्दा चिप्लने बिषयमा त पूजालाई कसले जित्न सक्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *