‘डि सिने अवार्ड’मा किन उत्कृष्ट बन्यो मारुनी ?

२७ चैत २०७८ १५:५१

निर्मात्री पूनम गौतमले आफू निर्मित चलचित्र ‘मारुनी’ले धुलिखेलमा आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’मा उत्कृष्ट चलचित्रको अवार्ड जितेपछि खुशी हुँदै भनिन्–‘राम्रो चलचित्र बनाएको खण्डमा मुल्यांकन हुँदोरहेछ भन्ने पुष्टी भएको छ ।’

पूनमले आफूले राम्रो चलचित्र बनाएको भन्दै दाबी गर्दै गर्दा २ बर्ष अगाडि रिलिज यो चलचित्र के साच्चिकै उत्कृष्ट थियो त भन्ने बिषयमा टिप्पणी गर्न सकिन्छ ।

यो चलचित्रलाई पूनमले फरक कथामा बनाउने जोखिम मोलेकी थिइन् । यो चलचित्रले समलिंगीको कथा भन्छ । आफूले मन पराएको पुरुषले आफूलाई मन नपराएपछि यूवक कसरी यूवती बन्छ भन्ने कथामा यो चलचित्र बनेको छ । फरक कथामा तयार पारिएका कारण चलचित्रले दोश्रो सातादेखि बक्स अफिसमा सुखद कमाई गरेको थियो ।

सायद, यही कुरालाई मुल्यांकन गर्दै जुरीले यो चलचित्रलाई उत्कृष्ट ठहर गरेको हुनुपर्छ । चलचित्रबाट निर्देशक नवल नेपालले उत्कृष्ट निर्देशकको विधामा अवार्ड जिते । यस्तै, पुष्प खड्काले उत्कृष्ट नायक, संजय लामाले उत्कृष्ट छायांकार, कृष्ण काफ्लेले उत्कृष्ट पाश्र्वगायक र गोविन्द फुयाँलले उत्कृष्ट कथामा अवार्ड जितेका थिए ।

निर्मात्री गौतम आफूले ‘मारुनी २’ निर्माण गर्ने सोच बनाएपनि तत्काल नबन्ने बताउँछिन् । तर, आगामी दिनमा दर्शकलाई निराश नबनाउने गरी नयाँ चलचित्र बनाउने उनको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *