साहरुखको ‘पठान’को धमकेदार ट्रेलर, ओपनिङ आक्रामक गर्ने अनुमान

२६ पुष २०७९ ५:३९

 

बलिउडका सुपरस्टार नायक साहरुख खान ४ बर्षपछि चलचित्र ‘पठान’ मार्फत पर्दामा फर्किदैछन् । उनले, अभिनय गरेको चलचित्र ‘पठान’ जनवरी २५ तारिखमा रिलिज हुँदैछ ।

यो चलचित्रको रिलिजको १५ दिन अगाडि आज ट्रेलर सार्वजनिक गरिएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुख खान र अर्का नायक जोन अब्राहिमबिचको धमकेदार एक्सन हेर्न सकिन्छ । चलचित्रमा नायिका दीपिका पादुकोणको पनि मुख्य भूमिका छ ।

यशराज ब्यानरले निर्माण गरेको चलचित्रलाई ठूलो क्यानभासमा खिचिएको छ । चलचित्रको एक्सन दृश्यले हलमा दर्शकको ताली र हुटिङ पाउने निश्चित छ । विश्व बजारमा यो चलचित्रलाई लिएर दर्शकमा उत्साह उचाइमा पुगेको छ । यसैले, चलचित्रले इनिसियल व्यापार बम्पर गर्ने विश्लेषण बलिउड पण्डितहरुले गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *