‘कबड्डी ४’लाई क्यूएफएक्समा ‘केजीएफ २’को भन्दा बढी शो, आक्रामक ओपनिङको संकेत

९ जेठ २०७९ १५:१७

आउँदो शुक्रबार अर्थात जेठको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कबड्डी ७’लाई मल्टिप्लेक्स उच्च शोज दिएका छन् । उच्च शोज पाएको यो चलचित्रले ओपनिङ व्यापार आक्रामक गर्ने संकेत समेत दिएको छ । देशकै सबैभन्दा ठूलो चेन क्यूएफक्सले यो चलचित्रलाई देशभरका हलमा ८७ शोज दिएको छ । यो यसअघि रिलिज भएको साउथको चलचित्र ‘केजीएफ २’ले पाएको शोज भन्दा केही बढी हो ।

चलचित्रको बुकिङ खुलेसँगै दर्शकको उत्साह पनि देखिएको छ । केही शोजहरु भरिने क्रममा देखिएका छन् । सोमबार नै शोज खुलेकाले पनि बिहिबारसम्म यो चलचित्रले पाएका अधिकांश शोजमा दर्शकको उपस्तिथी आक्रामक हुने देखिएको छ ।

यस्तै, काठमाडौंको बीग मुभिजले यो चलचित्रलाई १५ शोज दिएको छ । बीगमा पनि दर्शकको उपस्थिती भरिने क्रममा छ । नयाँ बाँनेश्वरमा रहेको वान सिनेमाजले चलचित्रलाई ५ शोज दिएको छ । यस्तै, कालिमाटीमा रहेको वान सिनेमाजले पनि चलचित्रलाई ५ शोज उपलब्ध गराएको छ ।

लामो समयदेखि हलमा दर्शकको खडेरी लागेकाले पनि यो चलचित्रलाई लिएर प्रदर्शकहरु पनि विश्वस्त देखिएका छन् । चाबहिलमा रहेको एफक्यूबले यो चलचित्रलाई १० शोज दिएको छ । चलचित्रले सबै हलमा दर्शकको बाक्लो उपस्थिती बनाउन सकेको खण्डमा यसको ओपनिङ कारोबार १ करोड भन्दा बढी हुने निश्चित छ ।

रामबाबु गुरुङ निर्देशित यो चलचित्रमाथि दर्शकले भरोसा गरेको देखिएको छ । दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको अभिनय रहेको चलचित्रले आइतबारको बिदालाई समेत सदुपयोग गरेको खण्डमा ३ दिने विकेन्डमा ४ करोड हारहारीको ग्रस कलेक्शन गर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *