आथियासँग जनवरी २१ मा बिहे गर्दै राहुल

२७ मंसिर २०७९ ८:१९

बलिउड नायिका आथिया सेट्टी र क्रिकेटर केएल राहुल लामो समयदेखि प्रेम सम्बन्धमा छन् । अब, यो जोडीले प्रेमलाई बिहेमा परिणत गर्ने तयारी थालेको छ ।

भारतीय मिडियाका अनुसार, यो जोडीले जनवरीमा बिहे गर्ने पक्का भएको छ । मिडिया रिपोर्टका अनुसार, जनवरी २१ देखि २३ तारिखसम्म यो जोडीको बिहेको मिति तोकिएको छ । बिहेका लागि केही समय रहेकाले पनि दुबै परिवारका सदस्यहरु त्यारीमा लागेका छन् ।

मिडिया रिपोर्टका अनुसार, उनीहरु साउथ इन्डियन रितिरिवाजका साथमा बिबाह गर्दैछन् । मेहेन्दीदेखि संगीत सेरेमोनीसम्म यसमा समावेश छ । केही समय अगाडि आथियाका पिता सुनिल सेट्टीले पनि आथिया र राहुलको बिहे चाडै नै हुने बताएका थिए ।

आथियाले सन् २०१५ मा चलचित्र ‘हिरो’मा काम गरेकी थिइन् । यसपछि भने उनको करिअर बलिउडमा खासै चम्किन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *