बक्स अफिसमा खस्कदै आयुष्मानको स्टारडम

१८ मंसिर २०७९ ११:२२

फरक कथामा चलचित्र खेल्न रुचाउने बलिउड नायक आयुष्मान खुरानाका चलचित्रले भने बक्स अफिसमा कमजोर व्यापार गर्न थालेका छन् ।

कोरोना कालखण्ड अगाडिसम्म आयुष्मानले काम गरेका चलचित्रले सहजै सय करोड कमाउने गर्दथ्य । तर, कोरोनापछि आयुष्मानलाई बक्स अफिसमा बलियो भएर उफिन नै धौ धौ पर्न थालेको छ । यस्तै, व्यापार छ उनी अभिनित नयाँ चलचित्र ‘एन एक्सनहिरो’को ।

यो चलचित्रले २ दिनमा साढे ३ करोडको पनि व्यापार गर्न सकेन । पहिलो दिन चलचित्रले १.३१ करोड कमाउँदा शनिबार दोश्रो दिन चलचित्रले २.१६ करोडको मात्र व्यापार गर्यो । तिन दिनमा चलचित्रले ६ करोडको छेउछाउको व्यापार गर्ने देखिन्छ ।

यसअघि उनी अभिनित चलचित्र ‘डक्टर जी’ले पनि बक्स अफिसमा निक्कै कमजोर व्यापार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *