बक्स अफिसमा अजयको ‘दृश्यम २’ले कमायो सय करोड

९ मंसिर २०७९ ५:५३

सय करोडको खडेरी लागिरहेको समयमा बलिउडलाई नायक अजय देवगणको रिमेक चलचित्र ‘दृश्यम २’ले ठूलो राहत दिएको छ । यो चलचित्रले बक्स अफिसमा एक सातामा एक सय करोड कमाएको छ ।

योसँगै बक्स अफिसमा चलचित्र सुपरहिट पनि भएको छ । यो चलचित्रले बिहिबार ८.६२ करोडको कमाई गर्दै सय करोडको आँकडा पार गरेको हो । शुक्रबार १५.३८ करोडको ओपनिङ गरेको फिल्मले शनिबार २१.५९, आइतबार २७.१७, सोमबार ११.८७, मंगलबार १०.४८, बुधबार ९.५५ करोडको व्यापार गर्यो । यो सँगै फिल्मको एक साताको व्यापार १०४.६६ करोड पुगेको छ ।

चलचित्रले डेढ सय करोड भन्दा बढी कमाई गर्ने विश्लेषकहरुको अनुमान छ । चलचित्रप्रति दर्शकको क्रेज अझै पनि कमजोर बनेको छैन । आजबाट अर्को चलचित्र ‘भेडिया’ बक्स अफिसमा रिलिज भएको छ । यसको असर अजयको चलचित्रलाई पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *