‘तिम्रो मेरो साथ’को पोष्टरमा हट साम्राज्ञीसँग टपलेस पुष्प

६ कार्तिक २०७९ ८:४८

रमेश एमके पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘तिम्रो मेरो साथ’को फस्टलुक सार्वजनिक भएको छ । पौषको २९ गतेबाट रिलिज हुने चलचित्रको फस्टलुकमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काको रोमान्टिक अवतार हेर्न सकिन्छ । पोष्टरमा हट साम्राज्ञीसँग टपलेस पुष्प देखिएका छन् ।

यो चलचित्रमा सन्दीप क्षेत्री, सरोज खनाल, इमिली लामा, खड्कबहादुर पुन लगायतको पनि अभिनय छ । चलचित्रमा रमेश एमकेको कथा, गीत र लगानी छ ।

आर्यन फिल्मस् तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण भएको चलचित्रमा पासाङ लामाको लगानी, निरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली सह–निर्माताको रुपमा छन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा सविर श्रेष्ठको पटकथा तथा संवाद, योगेश काजीको संगीत छ ।

नायक पुष्प खड्काको यो बर्ष ‘कृष्णलीला’ नामक चलचित्र रिलिज भएको थियो । साम्राज्ञीको भने ‘रातो टिका निधारमा’पछि कुनै पनि चलचित्र रिलिज भएको छैन । यसैले, यी दुई कलाकारका लागि यो चलचित्रको व्यापार महत्वपूर्ण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *