जब प्रकाशले अनमोललाई गाउँ घुमाउने प्रस्ताव गरे…

२ वैशाख २०७९ ३:३५

नेपाल गायन क्षेत्रमा चर्चित नाम हो, प्रकाश सपुत । पछिल्लो गीत ‘पिर’ सार्वजनिक गरेर तहल्का नै मच्चाएका यी गायक दर्शक श्रोतामाझ प्रिय छन् । यस्तै, चलचित्र क्षेत्रमा पनि सर्वाधिक चर्चित नाम हो, अनमोल केसी । आठ वटा चलचित्रमा काम गर्दासम्म अनमोलले दर्शकको अपार माया पाएका छन् ।

उनै, गायक प्रकाश र नायक अनमोलविच राष्ट्रपति भवनमा भेट भयो । भेटका क्रममा उनीहरु एकले अर्कासँग अनुभव शेयर गरे । प्रकाशले अनमोललाई उनको गाउँ घुमाउने प्रस्ताव गरे । आफ्नो गाउँ लगेर सबैलाई चिनाउने इच्छा रहेको प्रकाशले अनमोललाई भनेका थिए ।

यस्तै, गाउँको भूमिका गर्नु परेको खण्डमा आफूलाई संझिन पनि प्रकाशले अनमोललाई आग्रह गरेका थिए । अनमोलले गायक सपुतको नम्र स्वभाव मन परेको बताए ।

गायक सपुत पनि चलचित्र ‘परदेशी २’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका छन् । रोचक कुरा के छ भने, यो बर्षको दशैंमा अनमोलको ‘हनी बनी’ र प्रकाशको ‘परदेशी २’ रिलिज हुने चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *