चलेन ऋतिकको जादु, ‘विक्रम वेधा’ असफल

२३ असोज २०७९ ५:४३

नायक ऋतिक रोशन र सैफअली खानको स्टारडम नचम्किदा बक्स अफिसमा ‘बिक्रम बेधा’ असफल हुने देखिएको छ । यो चलचित्रले दोश्रो साताको शुक्रबारसम्म ६१ करोडको मात्र व्यापार गरेको छ । चलचित्रको लाइफटाइम कलेक्शन ८० करोडको हारहारीमा हुने देखिएको छ । भारतीय बक्स अफिसमा यो चलचित्र पूर्ण रुपमा असफल हुने पक्का भएको छ ।

चलचित्रको व्यापारमा मुम्बईले १७.५५ करोडको योगदान गरेको छ भने दिल्लीले १२.६४ करोडको योगदान गरेको छ । अन्य राज्यमा चलचित्रको व्यापार कमजोर देखियो । शनिबार यो चलचित्रले ३ करोड माथिको व्यापार गरेको बताइएको छ ।

साउथको हिट चलचित्र ‘बिक्रम बेधा’को रिमेकको रुपमा बनेको यो चलचित्रलाई दर्शकले खासै मन पराएनन् । बलिउडमा साउथका रिमेक चलचित्रले गतिलो व्यापार गर्न छाडेका छन् । यसको शिकार ऋतिक र सैफ पनि भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *