केही फिल्ममा केमियो भूमिकामा काम गरेपनि चकलेटी नायक आकाश श्रेष्ठले खासै चर्चा पाएका छैनन् । दर्शकले, उनलाई एउटा बलियो फिल्ममा प्रतिक्षा गरिरहेका छन् ।यसैबिच, आकाश नयाँ फिल्म ‘आ बाट आमा २’मा काम गर्ने तयारीमा छन् । यो फिल्ममा उनले नायक पल शाहसँग एकसाथ काम गर्नेछन् ।
आइतबार आयोजना भएको चलचित्र कलाकार संघको निर्वाचनमा पुगेका आकाशले आफ्नो लुक्स लुकाउने प्रयास खुबै गरे । तर, मिडियाको आग्रहपछि उनले लुक्स देखाए ।
उनले, फिल्मका लागि दाह्री पालिरहेका छन् । उनको दाह्री फुलेको पनि छ । आकाशले फिल्मका लागि नै दाह्री पालेको तर प्राकृतिक रुपममा नै दाह्री फुलेको बताएका छन् ।
यो फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको र दर्शकले फरक भूमिकामा आफूलाई देख्न पाउने आकाशको भनाई छ । आकाशका अनुसार, यसपटक उनी चकलेटी नायकको रुपमा फिल्ममा रोमान्स गर्ने छैनन् । केही फरक गर्नकै लागि आफूले केही वर्ष पर्खिएको उनको भनाई छ ।
चन्द्र पन्तको निर्देशनमा तयार हुन लागेको यो फिल्म असोजको ३० गतेबाट रिलिजमा आउँदैछ । जेठको ११ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ ।
फिल्ममा पल शाह, विपना थापा, प्रदीप राउत, आकाश श्रेष्ठ, नरेन खड्का, गजित बिष्ट, साइग्रेस पोखरेल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।