बक्स अफिसमा ‘लालीबजार’को कमाई साढे ३ करोड नजिक

४ जेठ २०८३ ८:०८

वैशाखको २५ गतेबाट रिलिजमा आएको फिल्म ‘लालीबजार’ले उत्साहजनक व्यापार गरिरहेको छ । यो फिल्मले बक्स अफिसमा रिलिजको ९ दिनमा करिब साढे ३ करोडको ग्रस कलेक्शन गरेको छ । फिल्मले दोस्रो हप्ताको शनिबारसम्म ३ करोड ४२ लाख ६१ हजार ग्रस कलेक्शन गरेको चलचित्र विकास बोर्डको बक्स अफिस आँकडामा उल्लेख छ । यम थापाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई षट्कोण आर्टस्ले निर्माण गरेको हो ।

फिल्ममा स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ, विशाल देवकोटा, प्रशंसा सुवेदी, समाइरा थापा, अभय बराल लगायतका कलाकारहरुको अभिनय छ । म्याक्स दिपेश खत्री र रविन्द्र सिंह बानियाँ निर्माता रहेको फिल्ममा प्रदिप भट्टराई कार्यकारी निर्माताको रुपमा छन् ।

यस्तै, बैशाखको २५ गतेबाट नै रिलिजमा आएको फिल्म ‘मालती मंगले’ले बक्स अफिसमा कमजोर व्यापार गरेको छ । रिलिजको नवौं दिनसम्म फिल्मले ४४ लाख ७८ हजार ग्रस कलेक्शन गरेको छ । प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यो फिल्मलाई रामकृष्ण ढकालले निर्माण गरेका हुन् । विजय बराल, वर्षा राउत र मेक्सम गौडेल फिल्मको मुख्य भूमिकामा छन् ।

वैशाखको २५ गतेबाट नै रिलिजमा आएको अर्को फिल्म ‘गुरुआमा’ले बक्स अफिसमा २८ लाख ४४ हजार ग्रस कलेक्शन गरेको छ । वैशाखको ११ गतेबाट रिलिजमा आएको फिल्म ‘परालको आगो’ले ४ करोड २२ लाखको ग्रस कलेक्शन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *