कस्तो छ ‘रोल नम्बर १’को ट्रेलर ?

२ जेठ २०८३ ११:२१

जेठको १५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रोल नम्बर १’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा बाल मनोविज्ञानको कथालाई प्रस्तुत गरिएको छ ।

छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने सोच बोकेको पिता र छोराको अर्कै चाहनाको कथामा यो फिल्म बनेको छ ।

फिल्मको ट्रेलरमा परिवारको इच्छा पूरा गरिदिन प्रयास गरेपनि रुचि नहुँदा असफल भएको कथा देखाइएको छ ।

विनोद पौडेलको निर्माण रहेको यो फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन् । फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारीको साथमा बाल–कलाकारहरु निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय छ ।

विनोद पौडेल र जान्वी पौडेलको लगानी रहेको फिल्ममा महेश दवाडीको कथा, शिवराम श्रेष्ठको डीओपी छ । प्रशान्त सिवाकोटी, रोहित शाक्यको विजिएम रहेको फिल्ममा मदन घिमिरेको सम्पादन छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *