लोकप्रिय हाँस्य रियालिटी शो ‘कमेडी दरबार ३’को प्रशारण मिति तय गरिएको छ । दोस्रो सिजन सकिएसँगै केही महिनादेखि यो शो प्रशारण हुन सकेको थिएन । अब, भने यसअघिका सिजनका कलाकार र केही नयाँ कलाकारलाई राखेर यो शो प्रशारण गर्न लागिएको हो ।
शोको प्रस्तुति शैलीमा यसपटक केही परिवर्तन गरिएको सार्वजनिक प्रोमोबाट पनि वुझ्न सकिन्छ । वैशाख ४ गते प्राइम टेलिभिजन र ओएसआर रियालिटीबाट यो शो प्रशारण हुनेछ ।
विक्की अग्रवाल र श्रद्धा प्रसाँइको निर्देशनमा तयार भएको शोमा विकाश अर्याल, सरोज भण्डारी र विक्की अग्रवालको लेखन छ ।
शोमा गौरी मल्ल, सजिना खनाल, विक्की अग्रवाल, विश्वास तिमिल्सिना, पवन खतिवडा, सीडी विजय अधिकारी, सुन्दर खनाल, सुजिता श्रेष्ठ, मिस पबी, विकास अर्याल, सरोज भण्डारी र खबपु मगरको प्रस्तुति रहनेछ ।
श्रद्धा र विक्कीले फिल्म ‘ककाकिकी’ पनि निर्देशन गरेका छन् । यो फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।