फूलपातीलाई सर्यो ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन

३० भदौ २०८२ ४:५९

जेनजीको प्रदर्शनका कारण रिलिज रोकिएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । यो चलचित्र यसअघि भदौ २७ गते प्रदर्शनमा आउने तय भएको थियो।

चलचित्र निर्माण कम्पनी सेभेन सिज नेपालले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ,’भदौ २७ गते प्रदर्शनमा ल्याउने पूर्वनिर्धारित मिति तय गरिएको भए पनि देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै हामीले प्रदर्शन स्थगित गरेका थियौँ । तर अहिले देशमा भएको आमूल परिवर्तनलाई सकारात्मक दृष्टिले लिएर हाम्रो चलचित्र उद्योगलाई निरन्तर चलायमान र गतिशील बनाउने उद्देश्यका साथ हामीले नयाँ प्रदर्शन मिति घोषणा गरेका छौ।’

हिन्दी भाषामा भने असोज १७ गतेदेखि भारतमा तथा विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शन हुनेछ । चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका हुन्। चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

यो चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । शरद महतोको डिओपी रहेको चलचित्रमा मदन घिमिरेको सम्पादक रहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *