जेनजी आन्दोलनका कारण बन्द भएका हल आजदेखि खुल्यो

३० भदौ २०८२ ०:४५

जेनजी आन्दोलनपछि बन्द भएका चलचित्र हल आज सोमबारबाट खुल्ने भएको छ । सुरक्षाको मापदण्ड पुरा गर्दै विराटनगरको भाटभटेनीमा रहेको क्यूएफएक्स हलबाहेक अरु १६४ वटा हलहरु आजदेखि संचालनमा आउने भएको हो।

नेपाल चलचित्र संघको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । तर, संघले गरेको निर्णय अनुसार, हलहरु १० बजे भित्र बन्द गरि सक्नुपर्नेछ ।

यसअघि हल सुचारु हुने विषयमा अन्योल हुँदा निर्माताहरू निराश सुनिएका थिए । तर, अब दशैंमा रिलिज हुन लागेका तीनै वटा चलचित्र तोकिएकै समयमा प्रदर्शनमा आउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *