‘परालको आगो’को छायांकन भोलिबाट सुरु हुने

२९ भदौ २०८२ ६:२८

निर्माता सुशील पोखरेलको निर्माण रहने चलचित्र ‘परालको आगो’को छायांकन भोलिबाट सुरु हुने भएको छ। यो चलचित्रका कलाकारहरू जेनजीको आन्दोलन सुरु हुनु अगाडि नै म्याग्दी पुगिसकेका कारण भोलीदेखि छायांकन गर्न लागिएको हो ।

निर्माणपक्षका अनुसार आज प्राविधिक टिम म्याग्दीका लागि प्रस्थान गरेको छ । चलचित्रको कलाकारसंगै यसको प्राविधिक टिम पनि म्याग्दी जाने तयारीमा थियो । तर, गत साताको सोमबारबाट जेनजी आन्दोलन सुरु भयो र प्राविधिक टिम काठमाडौंमै अड्कियो । जसकाकारण, कलाकार म्याग्दीमा रहे भने प्राविधिकहरू काठमाण्डौंबाट जान पाएनन् । र छायांकन सुरु हुन पाएको थिएन ।

निर्माता सुशीलले यसपटक कलाकार र प्राविधिकबाट ठूलो आशा राखेका छन्। जसले गर्दा, एक सेड्यूलमै यो चलचित्रको सम्पूर्ण छायांकन सक्न पाएको खण्डमा यसको निर्माणपक्षलाई निकै राहत हुनेछ।

लक्ष्मण सुनारको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल लगायतका कलाकारहरूको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *