जेनजी आन्दोलनका कारण नोभेम्बर १ मा सर्यो ‘इन्फा अवार्ड’

२७ भदौ २०८२ ६:०३

जेनजी आन्दोलनको कारण ‘इन्फा अवार्ड २०२५’ सरेको छ। यहि सेप्टेम्बर १३, २०२५ मा बेलायतमा आयोजना हुने अवार्ड अब नोभेम्बर १, २०२५ लाई सरेको हो।

अवार्ड प्रमुख मनीष कार्कीका अनुसार, जेनजीको आन्दोलन कारण १९ नागरिकको ज्यान गइसकेको र सयौं युवा घाइते भएको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै यो अवार्डको मिति नोभेम्बर १ लाई परिवर्तन गरिएको हो।

नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र कलाकारको योगदानलाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुने यस कार्यक्रमले शान्ति, न्याय, समानता र उत्तरदायित्वको सन्देश दिन लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *