गायक राजेश पायल राईले आफूलाई सञ्चार र विदेश मन्त्रालय दिनुस् भन्दै जेनजी पुस्तालाई आग्रह गरेका छन्। उनले बिहिबार राति आफ्नो फेसबुकमा एक पोस्ट गर्दै यस्तो आग्रह गरेका हुन्।
गायक राईले आँट गर्नै हो भने असम्भब कही छैन भन्दै लेखेका छन्,-‘जेनाजी भाइहरु मलाइ सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस्। प्रधानमन्त्री मागेको छैन। किनकि म सञ्चार र पर्यटन सम्हाल्न सक्छ। यदी म भन्दा धेरै विदेश कोही पुगेको प्रमाण ल्याउ मेरो PASPORT र तिम्रो Pasport चेक गरौ। यो मेरो दावा हो,मलाई थाहा छ पर्यटन र संगीतको विकाश, आँट गर्नै हो भने असम्भब कही छैन #genz #GenZVoices