‘कोशेढुंगा’को अनुगमन गर्न बोर्डलाई श्रव्य दृश्य शाखाको पत्र

२० भदौ २०८२ ४:४८

गत भदौको १२ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कोशेढुंगा’को अनुगमन गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको श्रव्य दृश्य शाखाले चलचित्र विकास बोर्डलाई पत्र काटेको छ । सेन्सर बोर्डले दिएको निर्देशन पालना नगरेको भन्दै श्रव्य दृश्य शाखाले विकास बोर्डलाई पत्र काटेको हो।

निर्देशक सरोज पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रको विभिन्न स्थानमा बोलिएका समाजमा अश्लील लाग्ने संवाद तथा शब्दहरु हटाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने गरि प्रदर्शनको अनुमति सेन्सर बोर्डले दिएको थियो ।

तर, यसको टिमले सेन्सरले हटाउनु वा म्यूट गर्नु भनेका दृश्य नहटाइ प्रदर्शनमा ल्याएको भन्दै श्रव्य दृश्य शाखाले विकास बोर्डलाई पत्र काटेको हो । श्रव्य दृश्य शाखाले बोर्डलाई पत्र काटेपछि चलचित्र विकास बोर्डले अब अनुगमन गर्ने जनाएको हो।

दर्शकको राम्रो साथ पाएर सुखद ब्यापार गरिरहेको यो चलचित्रमा यो सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *