‘परालको आगो’को स्क्रिप्ट पूजा

१९ भदौ २०८२ ९:३०

चलचित्र ‘परालको आगो’को स्क्रिप्ट पूजा गरिएको छ। आज स्क्रिप्ट पूजा गर्दै निर्माणपक्षले भदौको २६ गतेबाट छायांकन सुरु गर्न लागेको हो । ललितपुरको बंगलामुखी मन्दिरमा स्क्रिप्ट पूजा गरेर भदौ २६ गतेबाट छायांकन सुरु गर्न लागेको जानकारी गराएको थियो।

यो चलचित्रका निर्माता सुशील पोखरेल हुन्। चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, श्रृजना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने लगायतको अभिनय रहनेछ ।

सुशील देवकोटाको कथा रहेको यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गर्दैछन् । चलचित्रमा शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको संगीत छ । यो चलचित्रका कलाकारहरूले केही समय वर्कसप समेत गरेका थिए।

संकल्प भुजेलको छायांकन रहने चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन, सुलक्षण भारतीको स्क्रिप्ट डक्टरिङ रहनेछ । गुरु प्रसाद मैनालीको चर्चित कृती ‘परालको आगो’ माथि ४५ बर्ष अगाडि पनि चलचित्र बनिसकेको छ । तर, यो पटक कथा उही भएपनि फरक तरिकाले चलचित्रको कथा भनिने निर्माणपक्षले जनाएको छ। चलचित्रलाई म्याग्दीमा खिचिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *