‘जारी २’को नयाँ गीत ‘अम्लारी’ रिलिज

१९ भदौ २०८२ ४:३८

आगामी असोज ३ गते रिलिज हुने चलचित्र ‘जारी-२, सङ अफ च्याब्रुङ’को नयाँ गीत रिलिज भएको छ । बुधबार यो चलचित्रमा समावेश गरिएको ‘अम्लारी’ बोलको गीत सार्वजनिक गरेको हो ।

उपेन्द्र सुब्बाको लेखक तथा निर्देशनामा तयार भएको यो चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। चलचित्रमा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ। साथमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्र यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ। ‘जारी’ चलचित्र २०८० सालको ब्लकबस्टर फिल्म हो। त्यसैले निर्माण घोषणा भएदेखि नै यो चलचित्रलाई प्रतिक्षित मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *