फेसबुकमा दीपक र सन्तोषको दोहोरी ब्याटल

१७ भदौ २०८२ ६:०८

यतिबेला सामाजिक संजाल फेसबुकमा कलाकार तथा निर्माता दीपकराज गिरी र निर्माता तथा निर्देशक सन्तोष सेनको दोहोरी ब्याटल चलिरहको छ।

गएको दशैँदेखि सुरु भएको दीपक र सन्तोषबीचको सम्बन्धको खटपट अझै सुल्झिएको छैन्। त्यस्तैले बेलाबेलामा फेसबुकमा दोहोरी ब्याटल मज्जाले चलिरहेको हुन्छ।

यसैबिच, आज बिहानै दीपकले आफ्नो फेसबुकमा लेखेका छन्, ‘आफ्नो चलचित्रको प्रचार गर्नुको साटो अरुको चलचित्रलाई गालि गर्न लगाउने काम बन्द गरौं । आफ्नो हिरो बाघ । अरूको स्याल ? याद गरौं बाघ पनि जनावर नै हो ।’

तर, दीपकराजले लेखेको यो स्टाटसलाई रोहित अधिकारीले आफ्नो फेसबुकमा शेयर गरे । किनकि, दीपकले लेखेको यो स्टाटस रोहित अधिकारीलाई टिमलाई सपोर्ट गरेर सन्तोष सेनाको टिमलाई प्रहार गरेको प्रष्ट थियो।

त्यसैले, दीपकको यो स्टाटस आएपछि सन्तोषले दीपको नाम मेन्सन गर्दै लेखे–‘दीपकराज गिरी, तिम्रो सोचमा नै पाप छ । कसैलाई कमेन्ट गर्न लगाएर लाखौं दर्शकको भावनासँग खेलवाड गर्ने जुन तुच्छ सोच पालेका छौं, त्यो काम नगर । यी दर्शकको मायाले तिमी आज यहाँसम्म आइपुगेका छौं, त्यसैले उनीहरुको भावनालाई कुल्चने अधिकार कसैलाई पनि छैन । हाम्रो बलिदानको पोष्टमा आउने नकारात्मक प्रतिक्रिया के तिम्रो समूहको हो ? तिमीलाई हार स्विकार्य छैन, त्यसैले हामीले ठूला चुनौतीहरू मोलेर सिर्जना गरेका कामलाई पचाउन नसक्नु तिम्रो कमजोरी हो । दर्शकको भावनामा चोट पुर्याउँदै फेक अकाउन्ट बनाएर घटिया कमेन्ट गर्ने अनि उल्टै हामीलाई आरोप लगाउने सोचले कहिल्यै अगाडि बढाउँदैन । कलाकार र सिर्जनाकर्ताहरु बीच प्रतिस्पर्धा हुनुपर्छ, तर त्यो सिर्जनामा, कामको गुणस्तरमा ।’

सन्तोषले कालीमाता र पशुपतिनाथको कसम खाएर अगाडि लेखेका छन्,’मैले आजसम्म कहिल्यै अरूलाई गिराएर आफैंलाई अगाडि बढ्ने पापी सोच पालेको छैन् । हामीले ३-४ वर्षदेखि दर्शकका लागि केही अर्थपूर्ण सिर्जना गर्न सकिन्छ कि भनेर लागिपरेकाछौँ ।कलालाई सम्मान गर, किनभने कलाकार र दर्शक बिना यो यात्रा अधुरो हुन्छ। यदि वास्तवमै मैले कहिल्यै कसैलाई नकारात्मक कमेन्ट गर्न लगाएको छु भने,मैले ‘बलिदान’को सुरुवात नै कालीमाताको चरण छोएर गरेको ह। कालीमाता र पशुपतिनाथ समक्ष प्रार्थना गर्दछु,यसै क्षण मेरो जीवन अन्त्य होस् ।

सन्तोषले यो स्टाटस लेखेपछि दीपकले फेरि फेसबुकमा लेखेका छन्,‘चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्यो चोरले । बिचरो न त व्यङ्ग्य बुझ्छ, न त बौद्धिकता थाहा छ । बुरुक्क बुरुक साँढे उफ्रे झै उफ्रिन्छ । माया लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *