शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’को बुकिङ खुला गरिएको छ । चलचित्र प्रदर्शन हुन तीन दिन बाँकी रहदा क्यूएफएक्स चेन, एफक्यूब लगायतका मल्टिप्लेक्सहरुले अग्रिम बुकिङ खुला गरेका हुन्।
निर्देशक ऋषि लामिछाने निर्देशन गरेको यो चलचित्रलाई क्यूएफएक्स चेनले उपत्यकामा १८ शोज र एफक्यूबले ४ शोज दिएको छ । जसलाई सुखद शोज मान्न सकिन्छ।
त्यस्तै, वान सिनेमाज् नयाँ बाँनेश्वरले ६ शोज, बीएसआर मुभिजले ४ शोज, पाथिभरा सिनेप्लाजा विर्तामोडले ३ शोज, वान सिनेमाज् कालिमाटीले ५ शोज, सीडीसी सिनेमाजले ४ शोज उपलब्ध गराएका छन् भने अझै, केही हलले बुकिङ खुलाउन बाँकी छ ।
मुनाल घिमिरेले निर्माण गरेको यो चलचित्रले प्राप्त गरेको शोजलाई आधार मान्ने हो भने चलचित्रले गज्जबको व्यापार गर्ने पाका देखिन्छ। दर्शकमाझ निकै नै प्रतिक्षित मानिएको यो चलचित्रप्रति प्रदर्शकहरु निकै उत्साहित र आशावादी पनि देखिएका छन्।