वर्षाले थालिन् ‘गोबर गणेश’को छायांकन

३ भदौ २०८२ ६:२०

बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुने चलचित्र ‘गोबर गणेश’को काठमाडौंको म्हेपी मन्दिर शुभमुहूर्त गरिएको छ। यो चलचित्रको शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) लगायतका कलाकारको उपस्थिति थियो ।

आजैबाट छायांकन सुरु भएको चलचित्रको क्यामेरा पूजा गर्दै सट खिचिएको हो। साथमा, केदार घिमिरे ‘माग्ने बुढा’ले नरिवल फोडेर र कलाकार रवि गिरीले क्लयाप हानेर शुभमुहूर्त गरिएको हो ।

काठमाडौंबाट सुरु भएको चलचित्रको छयांकन पोखरालगायतका स्थानमा हुनेछ । यो चलचित्रलाई करिब ३५ दिन लगाएर खिचिने निर्माणपक्षले बताएको छ।

‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका मरिचमान श्रेष्ठले चलचित्रलाई निर्देशन गर्ने छन् । यो उनको पहिलो फिचर निर्देशन हो । चलचित्रको अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । यस्तै अन्य कलाकारमा मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)लगायत छन् ।

चलचित्रलाई शिवराम श्रेष्ठले खिच्नेछान्न भने विपीन मल्लले सम्पादन गर्नेछन्। यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *