अर्जुन घिमिरेको निर्देशनमा तयार भइरहेको चलचित्र ‘झरी पछिको इन्द्रेणी’को अष्ट्रेलिया राइट्स विक्री भएको छ । यो चलचित्रको अष्ट्रेलिया प्रदर्शन अधिकार राम कार्कीले खरिद गरेका हुन् ।
राम कार्की अष्ट्रेलियामा स्थापित नेपाली उद्यमी हुन्। कार्की नेपाली समुदायबीच चर्चामा छन् । विभिन्न पेसामा आवद्ध उनी नेपाली कला क्षेत्रमा अझ विशेष रुचि राख्ने गर्छन्। कार्कीका अनुसार, यो चलचित्र नेपालसँगै अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन गरिनेछ ।
अहिले धमाधम छायांकन भइरहेको यो चलचित्रमा रमेश उप्रेती, गणेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य लगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्रको छायांकन सेड्युल ४५ दिनको छ।
पशुपति शिवजी इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भइरहेको चलचित्रमा वुद्द थापाको डीओपी, सुशील कडरियाको लगानी, कुमार बेनको कथा, अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा छ ।