‘आ बाट आमा’को राइट्स अष्ट्रेलिया र न्यूजिल्याण्डमा विक्री

१ भदौ २०८२ ९:५९

आर्या इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘आ बाट आमा’को विदेश राइट्स विक्री भएको छ। यो चलचित्रको छायांकन अझै सुरु गरिएको छैन्। तर, चलचित्रको अष्ट्रेलिया र न्यूजिल्याण्डको अधिकार भने विक्री भएको हो ।

मातृत्वको संवेदनशील कथामा निर्माण हुने यो चलचित्रको विदेश अधिकार हिमारु इन्टरटेन्मेन्ट प्रा.लिले खरिद गरेको हो । नेपाल संगै विदेशमा माग उच्च देखिएको यो चलचित्रको कथावस्तुको चर्चासँगै विदेशमा माग बढ्दो छ।

चलचित्रमा नायक पल शाहको प्रमुख भूमिका छ । साथमा विपना थापा, सिम्रन पन्त, प्रदीप रावतको पनि मुख्य भूमिका छ । चलचित्रमा चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहनेछ।

यहि भदौ महिनादेखि छायांकन सुरु गरिने चलचित्रको प्रदर्शन अधिकार आरआर फिल्मस्ले खरिद गरेको छ । निर्माणपक्षले फागुनको १५ गतेबाट चलचित्र प्रदर्शन गर्ने घोषणा गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *