चलचित्र ‘मैझारो’को छायांकन अन्तिम चरणमा पुगेको छ। निर्देशक विल्सन विक्रम राईको निर्देशनमा तयार भैरहेको यो चलचित्र पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतालाई उजागर गर्ने लक्ष्यसहित निर्माण गरिएको हो।
साउनको पहिलो हप्ताबाट इलामदेखि छायांकन सुरु गरिएको चलचित्रलाई इलामको देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा खिचिएको हो।
निर्देशक राईका अनुसार दर्शकले चलचित्रबाट फरक स्वाद र अनुभूति पाउनेछन्। चलचित्रको कथा र पटकथा पनि उनी स्वयंले लेखेका हुन्। तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत, राजेश पायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारीको गीत, सौरभ लामाको छायांकन रहेको छ।
माैलिक प्रेम कथामा आधारित यो चलचित्रमा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।
‘