‘कोशोढुङ्गा’को मर्मस्पर्शी लिरिकल कविता

२६ साउन २०८२ ५:४७

भदौ १२ गते रिलिज हुने चलचित्र ‘कोशोढुङ्गा’ले पब्लिसिटीलाई तीव्र पार्दै कविता सार्वजनिक गरेको छ । निर्माण टिमले सार्वजनिक गरेको कविता वाचन चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्तले गरेकी छन् । कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना, संकल्प छ । लिरिकल भिडियोसहित सार्वजनिक कवितामा सिनेमाका केही फुटेज र स्टिल फोटो प्ले गरिएको छ ।

कविताले क्रमशः टुट्दै गएको सपना, सम्झौतामा बाँच्न थालेको जिन्दगी, सम्बधमा गरिने विश्वास, पर्खिएर बस्ने परिवारलाई चित्रण गरेको छ । यसले चलचित्रको कथा संकेत गरेको छ । लिरिकल भिडियोमा चलचित्रका अधिकांश मुख्य पात्रलाई देखिन्छ । जसले उनीहरूको चरित्र र भूमिका प्रष्ट पार्छ ।

साथै चलचित्रको तीनवटा पोस्टर पनि सार्वजनिक गरेको छ । जसमा, चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । एउटा पोस्टरमा सुरक्षा पन्त, आर्यन सिक्देल, प्रवीण खतिवडा, मन्जिल कुमार, नीति शाह, ऋचा शर्मा र दिनेश काफ्ले काफ्ले छन् । अर्को पोस्टरमा प्रवीण खतिवडा, दिनेश काफ्ले र झकेन बिसी फिचर्ड छन् ।

त्यस्तै, अर्को पोस्टरमा सुरक्षा पन्त र मन्जिल कुमार छन् । यो पोस्टरमा सुरक्षाले भारी बोकेकी छन् । मन्जिद कसैलाई हेरिरहेका छन् । तीनवटै पोस्टरमा कलाकारहरू चरित्रको लुक्समा छन् ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्र मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।

प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *