‘सिटामोल’को बूकिङ खुला, कस्तो गर्ला ओपनिङ ?

२३ साउन २०८२ ५:११

साउन २३ गते शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘सिटामोल’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । देशभरका अधिकांश मल्टीप्लेक्स हलले अग्रीम टिकट बुकिङ खुल्ला गरिसके पनि केही हलमा खुल्ने क्रममा छ ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको चलचित्रलाई देशकै ठुलो मल्टीप्लेकस चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १५ शो र मोफसलमा १६ शो गरि देशभरका चेनमा ३१ शो दिएको हो ।

देशकै दोस्रो ठुलो मल्टीप्लेक्स चेनले आइएनआइ सिनेमाजले आफ्ना ४ आउटलेटमा ११ शो, बिग मूभिजले २ शो, एफक्युब सिनेमाजले ३ शो, बिएसआर मूभिजले २ शो, वान सिनेमाजले ६ शो, सिने डी सेफले ३ शो, किर्तिपुर सिनेप्लेक्सले २ शो उपलब्ध गराएका छन् । रञ्जना, विश्वज्योति, सिके सिनेमाज लगायत काठमाडौंसहित मोफसलमा धेरै सहरका हलमा अग्रीम टिकट बुकिङ खुल्ने चरणमा रहेकाले शुक्रबारसम्म करिब १५० बढि शोसहित प्रदर्शनमा आउने अपेक्षा गरिएको छ।

अग्रीम टिकट बुकिङमा दर्शकको चाप देखिएको खण्डमा विस्तारै शो थपिँदै जाने विश्वास निर्माण टिमको छ। प्रचार सामाग्री पोस्टर, गीत, टिजर तथा ट्रेलरबाट पाएको प्रतिक्रियालाई आधार मान्ने हो भने चलचित्रले बक्सअफिसमा सुखद सुरुवात गर्ने देखिन्छ ।

राज बहादुर साने निर्देशित चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।

चलचित्रको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको चलचित्रमा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्माता, बन्दे प्रसादको सम्पादन र दिव्य सुवेदीको डीओपि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *