आगामी भदौको १२ गते प्रदर्शन हुने चलचित्र ‘कोशेढुंगा’को दोस्रो गीत ‘भंगेरा र भंगेरी’ सार्वजनिक भएको छ । पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले चर्चा बटुलिरहेको बेला निर्माणपक्षले यो गीत सार्वजनिक गरिएको हो।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो चलचित्रको गीतमा नायिका सुरक्षा पन्त र कलाकार मन्जिल कुमार फिचर्ड छन्। गीतमा रिदम कँडेल र वेनिशा पौडेलको स्वर, विदुर तिमिल्सिनाको शब्द, रिदम कँडेलकै संगीत छ ।
चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मन्जिल कुमार, सरोज खनाल, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, सविन कट्टेल लगायतका कलाकारहरूको अभिनय छ ।
प्रेविल कँडेल र सुबलमणी सापकोटाको लगानी रहेको चलचित्रमा दिनेश खड्का कार्यकारी निर्माता, बाबु श्रेष्ठको डीओपी, नहकुल खड्काको सम्पादन, खेम सेन्चुरी, आशिष अविरल र रिदम कँडेलको संगीत छ । चलचित्रलाई सेभेन सिज इन्टरनेशनलले विश्वका ४० बढी देशमा एकसाथ प्रदर्शन गर्दैछ ।
‘पूर्ण बहादुरको सारंगी’ जस्तो ब्लकबस्टर चलचित्र निर्देशन गरेका सरोज पौडेलको यो चलचित्रले पनि दर्शकको साथ पाउने विश्वास गरिएको छ । चलचित्रलाई नरदेवी फिल्मस् प्रा.लिको ब्यानरसँग सहकार्य गर्दै सारङ्गी फिल्मस्ले निर्माण गरेको हो।