पल, नीति र बेनिशाको पीडाले भरिएको ‘मोहर’को गीत

१७ साउन २०८२ ११:१७

यहि साउनको २३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘मोहर’को नयाँ गीत ‘सपना हो की विपना हो कि जिन्दगी’ रिलिज गरिएको । थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर रहेको यो गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत छ ।

वियोगान्त र कर्णप्रिय शब्दहरुले भरिएको यो गीतले चलचित्रका पात्रहरुको वियोगान्त कथा बोलेको छ । फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् ।

ओम प्रतिकको लेखन तथा निर्देशन गरहेको यो चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य लगायतका कलाकारहरुको मुख्य भूमिका छ । बाल–कलाकारमा सारा शर्माले अभिनय गरेकी छिन् ।

दीपेन बस्न्यातको डीओपी रहेको चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम, एसडी योगीको संगीत, समीर मियाको भीएफएक्स, कुमार महर्जनको एक्सन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी छ । गिरिराज घिमिरे मुख्य सहायक निर्देशन रहेको यो चलचित्रको ट्रेलर र २ गीतले दर्शकको ध्यान खिचिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *