बाँसुरी फिल्मस्सँग कबड्डी फिल्मस्ले सहकार्य गरेर निर्माण गरेको चलचित्र ‘जारी २’ले प्रदर्शन मिति घोषणा गरेको छ। विभिन्न अड्कलबाजीका बीच यसको निर्माणपक्षले संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने घोषणा गरेको हो।
यसअघि यो चलचित्र दशैंमा आउने भनिएको थियो। तर, निर्माणपक्षले प्रदर्शन मिति फाइनल घोषणा गर्न सकेको थिएन। अब भने असोजको ३ गते आउने पक्का गरिएको हो।
चलचित्रलाई अरामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, विजय बराल, वुद्दि तामाङ, प्रेम सुब्बा, विश्व मोक्तान, कमलमणि नेपाल, रेखा लिम्बु लगायतका कलाकारहरूको अभिनय छ ।
चलचित्रमा निमेष श्रेष्ठको सम्पादन र संजय लामाको डीओपी छ । चलचित्र ‘जारी’ले बक्स अफिसमा १७ करोडको व्यापार गरेको थियो। त्यस्तै यो चलचित्र ‘जारी २’ ले पनि बक्स अफिसमा ब्लकबस्टराको व्यापार गर्ने विश्वास गरिएको छ।