माघ १ गतेबाट ‘मिरमिरे’ प्रदर्शनमा आउने

१७ साउन २०८२ ८:४६

यार्सा फिल्मस्को प्रस्तुतिमा यम शेर्पाले निर्देशन गरिरहेको चलचित्र ‘मिरमिरे’को प्रदर्शन मिति घोषणा गरिएको छ । हाल छायांकन भइरहेको यो चलचित्र आगामी माघको १ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

यस चलचित्रकी नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर माघको १ गतेलाई प्रदर्शन घोषणा गरिएको हो । यो चलचित्रको असारको २१ गतेबाट छायांकन सुरु गरिएको थियो। काभ्रेपलाञ्चोक र चित्लाङमा छायांकन भइरहेको यो चलचित्रको सम्पुर्ण काम अब दुई सातामा सकिने जनाइएको छ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पाको लगानी रहेको यो चलचित्रलाई आलोक शुक्लाले छायांकन गरिरहेका छन्। चलचित्रमा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेुख, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारहरूको अभिनय छ । बाल–कलाकारहरु साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको पनि अभिनय छ ।

चलचित्रका कार्यकारी निर्माता रोहित कट्टेल हुन् भने यो चलचित्रको वितरण आरआर फिल्मस्ले गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *