जितु बाहिरिएपछि ‘परालको आगो’मा सौगातको इन्ट्री

१७ साउन २०८२ ५:२८

सुशील पोखरेलको निर्माण रहने चलचित्र ‘परालको आगो’मा अभिनेता सौगात मल्लको इन्ट्री भएको छ। यो चलचित्रमा जितु नेपाल बाहिरिएपछि सौगातको इन्ट्री भएको हो।

यो चलचित्रमा सौगात ‘जुठे दमाई’को भूमिकामा देखिदैछन् । निर्माणपक्ष र सौगातबिच बिहिबार औपचारिक रुपमा कागजी संझौता भएको हो।चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने, ज्याक श्रेष्ठ लगायतका कलाकारहरूले काम गर्नेछन् ।

लक्ष्मण सुनारको निर्देशन रहने यो चलचित्रको छायांकन भदौको २६ गतेबाट म्याग्दी जिल्लामा हुनेछ । सामाजिक सन्देश दिने यो चलचित्रमा संकल्प भुजेलको डीओपी, रामजी लामिछानेको नृत्य निर्देशन, सुशील देवकोटाको लेखन, शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको संगीत रहनेछ । यो चलचित्र आज भन्दा ४५ वर्ष अगाडि निर्देशक प्रताप सुब्बाले तयार पारिसकेका छन् ।

कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित रहेर तयार हुन लागेको यो चलचित्रमा यसअघि कलाकार जितु नेपालले काम गर्ने पक्का भएको थियो । तर, निर्माण टिमसँग विभिन्न कुराले असमझदारी भएपछि जितु बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *