‘झरीपछिको इन्द्रेणी’को औपचारी घोषणा, आजैबाट छायांकन सुरु

१६ साउन २०८२ ७:३६

अर्जुन घिमिरे पाँडेको निर्देशनमा तयार हुने चलचित्र ‘झरीपछिको इन्द्रेणी’को औपचारी घोषणा गरिएको छ। बिहिबार यो चलचित्रको शुभसाइत गर्दै औपचारिक निर्माणको घोषणा गरिएको हो ।

पशुपति शिवजी इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुने यो चलचित्रलाई वुद्द थापाले खिच्नेछन् । सुशील कडरियाको लगानी रहने चलचित्रको शुभसाइतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी श्रीमती सविना काफ्ले उपस्थित थिइन् । यो चलचित्रमा बालेनको एक र्‍याप गीत रहनेछ।

पारिवारिक कथावस्तुमा निर्माण हुने चलचित्रलाई ४५ दिनसम्म खिचिनेछ । कुमार बेनको कथा, अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा रहने यो चलचित्रलाई काठमाडौं, ललितपुर र भक्तपुरमा छायांकन गरिनेछ। चलचित्रको आजैबाट सुरु भएको हो ।

चलचित्र ‘लाज शरणम्’ रिलिजपछि अर्जुन र चलचित्रको टिमबीच खटपट भयो । यसपछि, पाडेले यो चलचित्र निर्देशन गर्न तयार भएका हुन्। यो चलचित्रमा ‘सक्किगोनी’ टिमकी प्रियना आचार्यको मात्र अभिनय रहनेछ ।

त्यस्तै, नायक गणेश उप्रेतीको पनि मुख्य भूमिका रहनेछ । गणेश ९ वर्षपछि यो चलचित्र मार्फत कमब्याक गर्न लागेका हुन्। साथमा, निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *