सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ पोस्टरमा खुसी र तनाव देखिएको छ । खुसी र तनाव सञ्चार गर्ने कलाकारहरूको भावसहितको पोस्टर सार्वजनिक गरिएको हो।
पोस्टरमा चलचित्रका शीर्ष ६ पात्र छन् । जसको शीर्ष स्थानमा कामेश्वर चौरसिया छन् । लामो कपाल र दारीमा रहेका उनको चेहरामा खुसी छ ।
पोस्टरमा रहेका अन्य कलाकार शिशिर वाङदेल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र सरिता गिरी छन् । प्रकाश, गौमाया र लक्ष्मी भने केही तानवमा देखिन्छ । पोस्टरमा पनि सरकारी कार्यालय छुटेको छैन । जिल्ला कारागार मोरङ छ । अर्को एक सरकारी कार्यालय पनि देखिएको छ । तर, कुन हो प्रष्ट छैन ।
पोस्टर र कलाकारको अनुहारमा गरिएको रङ संयोजनले आँट र तनाव र गंजागोलको संकेत गरेको छ । तर, केका लागि भन्ने प्रष्ट छैन । पैसा, सम्बन्ध, विश्वास जे सुकैको पनि हुनसक्ने अनुमान लगाउयन सकिन्छ ।
भदौ २७ गते रिलिज हुने चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्नेछ। हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
सुशान्त गौतमको डेब्यु निर्देशन रहेको यो चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
यो चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी, रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता, कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ, मदन घिमिरे सम्पादन र शरद महतोको डिओपी रहेको छ ।