कलाकार जितु नेपाल केहिदिन अगाडि ‘परालको आगो’ चलचित्रबाट बाहिरिएका थिए। बुझिएअनुसार, जितुले यो चलचित्रको कथावस्तु र निर्माणटिम माथि नै हस्तक्षेप गर्न खोजेपछि उनि बाहिरिएका थिए।
निर्माता पोखरेर र जितु बिच केही समय अगाडि चलचित्रको लागि संझौता समेत भएको थियो । तर, आन्तरिक रुपमा निर्माता पोखरेल र जितुको कुराकानी मिल्न नसकेपछि ‘परालको आगो’ बाट जितु बाहिरिएका थिए।
लगत्तै, कलाकार जितु नेपाल अर्को चलचित्र ‘कार्की साइँला’ बाट पनि बाहिरिने चर्चा यतिबेला चलेको छ। यो चलचित्रलाई निर्देशक राजेन्द्र बस्नेतले निर्देशन गर्ने जनाइएको थियो। तर, अहिलेसम्म निर्माणपक्षले चलचित्रको छायांकन सुरु गर्न सकेको छैन्।
किनकि, यो चलचित्रको निर्देशक बस्नेत र कलाकार जितुबिच लफडा चलेको छ। यदि, निर्देशक बस्नेत र कलाकार नेपालबिच कुरा मिलेको भए यतिबेलासम्म चलचित्रको छायांकन सकिसकेको हुनेथियो।
केही महिना अगाडि नै कोटेश्वर मन्दिरमा शुभसाइत गरिएको यो चलचित्रमा जितु नेपाल मुख्य भूमिकामा थिए। तर, चलचित्रको छायांकन अब कहिलेबाट सुरु हुन्छ, यस बिषयमा निर्माणपक्षले केहि बताएको छैन्।
बुझिएअनुसार, यो चलचित्र छायांकन गर्न भन्दै प्राविधिक टोली छायांकनस्थलमा पुगेका थिए । तर, जितुले आफूहरूले लोकेशन नहेरेसम्म छायांकन नगर्ने बताएका थिए । त्यस्तै, जितुले कथामा कमेडी प्रवेश गराएपछि यो लफडा बाहिर आएको हो।
यता, चलचित्रको कथावस्तुदेखि निर्माण टिममा जितुले हस्तक्षेप गरेको र निर्देशकविना नै उनि लोकेशन हेर्न पुगेको आरोप निर्देशक बस्नेतको छ ।
निर्देशक बस्नेतले ‘कार्की साइँला’मा लफडा भएपछि ‘किस्ने कहाँ छ’को घोषणा गरिसकेका छन् भने जितु नेपाल एकपछि अर्को चलचित्रबाट बाहिरिने क्रमलाई निरन्तरता दिइरहेका छन्।