‘राम नाम सत्य’मा आयुष सिंहको भूमिका के हो ?

१४ साउन २०८२ ६:४४

टिकटकर आयुष सिंह ठकुरीले अब चलचित्रमा डेब्यु गर्ने भएका छन्। माइकल चन्दको निर्देशनमा बन्न लागेको चलचित्र ‘राम नाम सत्य’मा आयुषले काम गर्ने पक्का भएको हो ।

यो चलचित्रको लागि निर्माणपक्ष र आयुषले कागजी संझौता पनि गरिसकेका छन्। तर, चलचित्रमा आयुषको भूमिका के हो ? उनि यो चलचित्रमा कस्तो भूमिकाको लागि अनुबन्धित भएका हुन्। यस बिषयमा निर्माणपक्षले केहि पनि खुलाएको छैन्।

तर, यो चलचित्र साइन गरेपछि आयुषले उत्साहित हुदै भने–‘मलाई थुप्रै चलचित्रहरु बाट अफर आउने गरेको छ । यो चलचित्रको कथा सुनेपछि मलाई काम गर्ने इछ्या भयो र यही चलचित्रबाट डेब्यू गर्ने निर्णय लिएको हुँ । यो चलचित्रको कथा र मेरो भूमिका पावरफूल छ । यसैले साइन गरेको हुँ ।’

बुझिएअनुसार, यो चलचित्रको लागि आयुषले केही महिनादेखि मिहिनेत पनि गरिरहेका छन् । साउनको २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा रहेको यो चलचित्र एक्सन, सस्पेन्स र प्रेमकथामा आधारित रहनेछ।

उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको चलचित्रमा विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, कलाकारहरु अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी लगायतका कलाकारहरु यसअघि नै फाइनल भइसकेका छन् । अब, एक नायिका फाइनल गरेपछि कलाकारहरुको लाइनअप पुरा हुनेछ ।

तेज विक्रम केसी हेड अफ प्रोडक्सन रहेको चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, किशोर भट्ट र डाक्टर डीआर उपाध्याय सह–निर्माता, संजय लामाको डीओपी रहने चलचित्रको छायांकन चितवन, काठमाडौं लगायतका स्थानमा गरिनेछ । चलचित्रलाई माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *