जनआन्दोलनको घटनामा ‘जनक्रान्ति’ बन्ने

१३ साउन २०८२ ७:१५

उपेन्द्र तिमिल्सिनाले गणतन्त्र स्थापनाको लागि भएको आन्दोलनको घटनामा लिएर चलचित्र ‘जनक्रान्ति’ घोषणा गरेका छन् । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार यो चलचित्रको पोस्टरको सार्वजनिक गरेका हुन् ।

रुद्राक्ष फिल्म्स प्रा.लिको व्यानरमा निर्माण हुने यो चलचित्रको पोस्टर सार्वजनिक भएपछि प्रचण्डले यो चलचित्र युवापुस्ताले गणतन्त्र स्थापनाका लागि गरेको संघर्ष र गणतन्त्र स्थापना अघिको सामाजिक, राजनैतिक, आर्थिक अवस्थाबारे जानकारी दिन र लिन सहयोगी हुने विश्वास व्यक्त गरेका थिए ।

यो चलचित्र भदौको दोस्रो सातादेखि छायांकनमा जानेछ। छायांकन पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, बाँके, बर्दिया र पूर्वी नेपालको धनकुटा, खोटाङ, भोजपुर तथा तराई मधेसको सर्लाहीमा गरिनेछ ।

चलचित्रलाई फागुनको १ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ । निर्देशक तिमिल्सिनाका अनुसार, यो चलचित्रले गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूको पृष्ठभूमिको कथा प्रस्तुत गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *