मोहर ट्रेलर: उत्कृष्ट प्रतिक्रिया सहित ट्रेन्डिङमा

१२ साउन २०८२ ५:५७

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्र ‘मोहर’को ट्रेलरलाई सार्वजनिक भएको २४ घन्टामै साढे ४ लाख भन्दा बढी भ्यूज युट्युबमा मिलेको छ । यो चलचित्रको ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपालसहित ५ देशमा युट्युबको ट्रेन्डिङमा परेको हो।

यो चलचित्रको ट्रेलर नेपालमा २ नम्बरमा, मलेसियामा १७, जापानमा २७, यूएइमा १८, कतारमा ५ नम्बरमा यो ट्रेलरले ट्रेन्डिङ गरिरहेको छ । २० हजार बढी लाइक, ३ हजार ४ सय भन्दा बढी प्रतिक्रिया पाएको छ भने ट्रेलरलाई अधिकांश प्रतिक्रियाहरु सकारात्मक छन् ।

ओम प्रतिकको लेखन तथा निर्देशन रहेको यो चलचित्रका निर्माता चुम्बन जंग शाही हुन्। चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

देउकी प्रथाको कथामा आधारित रहेको यो चलचित्रको ट्रेलरमा प्रेम, विछोड, सस्पेन्स, थ्रील समावेश छ । सामाजिक संजाल टिकटकमा पनि ट्रेलरले उत्कृष्ट समीक्षा पाइरहेको छ । यो चलचित्रको ट्रेलरले पाएको सकारात्मक प्रतिक्रिया र दर्शकको उत्साहका कारण बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गर्न सकिन्छ । चलचित्र साउनको २३ गतेबाट रिलिज हुदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *