‘मोहर’ ट्रेलर: सस्पेन्स, थ्रीलर र बदलाको कथा

१० साउन २०८२ ९:१८

यहि श्रावणको २३ गतेबाट रिलिज हुने चलचित्र ‘मोहर’को ट्रेलर सार्वजनिक गरिएको छ। देउकी प्रथाको कथामा आधारित रहेर निर्माण गरिएको यो चलचित्रको ट्रेलर शुक्रबार रिलिज गरिएको हो।

एउटी बालीकालाई देउकी चढाउने बिषयबाट उठान भएको यो चलचित्रको ट्रेलरमा सस्पेन्स, थ्रीलरको साथमा प्रेम, विछोड र बदलाको भाव प्रस्तुत छ।

यो चलचित्रको ट्रेलरमा पल शाह, बेनिशा हमाल र नीति शाहको प्रेम प्रस्तुत गरिएको छ। ट्रेलर नायक पल शाह, नायिकाद्धय बेनिशा हमाल र नीति शाह, कलाकारहरु लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल–कलाकार सारा शर्मामा केन्द्रित छ।

चुम्बन जंग शाहीले निर्माण गरेको चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्माको मुख्य भूमिका छ ।

सार्वजनिक ट्रेलरले दर्शकलाई चलचित्रप्रति उत्सुकता बढाउने देखिन्छा। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यो चलचित्रमा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यानेजर, दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *