चलचित्र ‘ह्रस्व दीर्घ’ निर्माण गरेपछि नायिका नीता ढुंगानाले आफूलाई मेकिङप्रति रुची बढ्दै गएको बताएकी छिन् । उनले अब, आफूले चलचित्र अभिनयमा कम र मेकिङमा बढी रुची भएको बताइन्।
यहि असारको १६ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘रियाल रिङ्गेट’को प्रचारका क्रममा सो कुरा बताएकी हुन्। ‘मलाई अहिले बाहिरको प्रोजेक्टबाट अफर पनि धेरै नै आएको छ । तर, मलाई अहिले अभिनयमा खासै रुचि छैन्। अभिनय भन्दा चलचित्र मेकिङप्रति बढी रुचि बढेको छ । त्यसैले, अब मा चलचित्र मेकिङमा बढी सक्रिय हुनेछ।’ उनले भनिन्।
चलचित्र बनाउँदा जति आनन्द मिल्छ त्यो अभिनयमा मिल्दैन् भन्दै उनले भनिन्–‘आफैले चलचित्र बनाउँदा जति खुशी र आनन्द मिल्छ त्यो अरुमा मिल्दैन् । सायद, यहि कारणले गर्दा होला मैले ‘पार्वती र सुख–दुःख’ बनाउन लागेको छु । सुख–दुःख त मैले निर्देशन मात्र गर्ने हो । तर, पार्वती विषयवस्तु केन्द्रित चलचित्र भएका कारण मैले काम पनि गर्छु । यसमा महिला पात्र नै केन्द्रित छ । त्यसैले, निर्देशन र अभिनयमा मा आफै देखिनेछु ।’
चलचित्र ‘सुख–दुःख’लाई आउँदो वर्षको दशैंमा रिलिज गर्ने घोषणा गरिसकेकी नीताले पहिले ‘पार्वती’ बनाउने छिन्।