रेखा थापा २५ वर्षपछि भिडियोमा देखिँदै

७ साउन २०८२ ७:०८

अभिनेत्री रेखा थापा पुन: भिडियोमा देखिने भएकी छन् । अभिनयको २५ वर्ष लामो करियरमा गायक आनन्द कार्कीको चर्चित गीत ‘लाग्छ मन हेरिरहूँ’ गीतको एकमात्र म्युजिक भिडियोमा अभिनय गरेकी उनी प्रकाश सपुतको कम्पोजिसन तथा निर्देशनमा तयार भएको ‘नाइँ भनेसि नाइँ’ बोलको भिडियोमा देखिन लागेकी हुन् ।

सपुतले तीजलाई लक्षित गरेर निकालेको ‘नाइँ भनेसि नाइँ’को गीतको विषयवस्तुका कारण आफू म्युजिक भिडियोमा देखिन तयार भएकी भएको रेखाले बताइन् । नेपालको पहिलो महिला सुपरस्टारको रूपमा परिचित उनले अभिनय गरेको गीत केही दिनमा सार्वजनिक हुँदैन ।

गायक सपुतले गत वर्ष ‘वसन्त’ चलचित्रका कारण तीजको छेकोमा गीत निकाल्न नसकेको बताउँदै, यो गीतको कन्सेप्ट तयार हुँदा नै रेखा थापालाई सोचेर बनाइएको बताए । यो गीतमा गायिका एलिना चौहान तथा समीक्षा अधिकारीले स्वरले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *