निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘आ बाट आमा’ मा अभिनेत्री सिम्रन पन्त अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई सोमबार अनुबन्ध गरेको हो। यस चलचित्रमा उनी अभिनेता पल शाहसँग जोडी बाँधिनेछिन्।
यो चलचित्रमा यसअघि अभिनेत्री विपना थापा, साथै तेलुगु, हिन्दी र तमिल फिल्मका चर्चित अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्। अभिनेता रावत यसअघि चन्द्र पन्तकै निर्देशनमा बनेको चलचित्र ‘ह्रस्वदीर्घ’ मा देखिएका थिए, जहाँ उनले अभिनेत्री नीता ढुंगानाका बुबाको भूमिकामा अभिनय गरेका थिए। नयाँ चलचित्रमा उनले पल शाहको बुबाको भूमिका निर्वाह गर्नेछन्।
आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्र आउँदो भदौबाट छायांकनमा जानेछ। निर्माता पक्षले प्रदीप रावत, विपना, पलका साथै अन्य कलाकार र प्राविधिक टिम पनि छिट्टै टुंगो लगाउने जनाएको छ।
निर्देशक पन्तका अनुसार फिल्म आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने तय भइसकेको छ। त्यस्ता, सिमरनले यसअघि ‘होस्टेल ३’ मा अभिनय गरेकी थिइन्, जहाँ उनको अभिनयको प्रशंसा गरिएको थियो। ‘आ बाट आमा’ उनको दोश्रो चलचित्र हो।